- बैंकिङ संसार
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्यााउने उद्देश्यका साथ शाखा रहित बैंकिङ सेवा विस्तार गरेको छ ।
यसै क्रममा बैंकले नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका,भटौलिया बजारमा यहि पौष १६, गतेबाट ९० औं शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको छ । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी नवराज पहरीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।
यस शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकमभुक्तानी, कोष स्थानान्तरण, मोबाइलफोनको बिलभुक्तानी, उपयोगी सेवाहरुको रकमभुक्तानीलगायत बैंकले प्रदानगर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।
बैंकले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा ए.टि.एम. र ९० वटा शाखारहित बैंकिङ ईकाईहरुबाट करिव १२ लाख ८० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
साथै कोभिड १९ को त्रास अझै पनि कायम रहेको अवस्थालाई मध्यनजर गर्दै ग्राहकहरुलाई सकेसम्म बैंकमा नआइकनै बैकिङ सुबिधा प्राप्त गर्न सहजहोस् भनी यस बैंकमा बचत खाता संचालन गर्दै आएका ग्राहकहरुलाई बैंकको मोबाइल बैकिङ, इन्टरनेट बैकिङ, शेयर कारोबारको सहजीकरणका लागि डि-म्याट तथाआस्बा सेवा,कार्डलगायतका विद्मुतिय भुक्तानीका माध्यमहरुमा पहिलो बर्षको शुल्क मिनाहाहुने व्यवस्थासमेत मिलाइएको छ ।