PRABHU BANK

एनआईसी एशिया बैंकद्वारा बचत खातामा उपलब्ध बीमा वापत १ करोड २० लाख बीमा रकम भुक्तानी

काठमाडौं । एनआईसी एशिया बैंकले बीमा वापत १ करोड २० लाख बीमा रकम भुक्तानी गरेको छ । बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत घातक रोगको बीमा वापत ७ जना र दुर्घटनामा परेका पाँच जना गरी कुल १२ जना खातावालाहरूलाई प्रतिव्यक्ति रू. १० लाखको दरले १ करोड २० लाख बीमा रकम भुक्तानी गरेको हो । बैंकले आईजीआई प्रुडेन्सियल र नेपाल इन्स्योरेन्स बीमा कम्पनीबाट सो रकम प्राप्त गरी भुक्तानी गरेको हो । बैंकका विभिन्न शाखा कार्यालयहरूमा सर्वश्रेष्ठ बचत खाता खोलेका ग्राहकहरू तथा परिवार सदस्यलाई बीमा कम्पनीहरुले प्रदान गरेको उक्त रकम बराबरको चेक बैंकले हस्तान्तरण गरेको हो ।

बैंकले रचना गौचन, चक्र बहादुर कटुवाल, पार्वती श्रेष्ठ, पुन्य प्रसाद ढकाल र विजय कुमार गुरुङलाई दुर्घटना बीमा बापत र एलिना न्यौपाने र निर्मला चापागाँईलाई घातक रोग बीमा वापत जनही १० लाख रुपैयाँ प्रतिव्यक्तिका दरले कुल ७० लाख रकम प्रदान गरेको हो ।

त्यसैगरी राधेश्याम रजक साफी, तेज बहादुर सुवेदी, गणेश बहादुर गुरुङ, कुमारी रिता भुसाल र कन्हैया लाल चौधरीले दुर्घटना बीमा वापत जनही रू. १० लाख प्रतिव्यक्तिका दरले कुल रू. ५० लाख रुपैयाँ रकम प्रदान गरेको हो । सो रकम नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा प्रदान गरिएको बैंकले जनाएको छ ।

बैंकले यस योजनाहरूअन्तर्गत हालसम्म ६ हजार ३ सय ६१ भन्दा बढीलाई १४ करोड ३८ लाख रुर्पयाँभन्दा बढी बीमा दाबी रकम हस्तान्तरण गरिसकेको छ । जसमध्ये घातक रोग बीमा वापत ३३ बढीलाई ३ करोड ५० लाखभन्दा बढी, दुर्घटना बीमा वापत २६ बढीलाई २ करोड ६० लाख बढी र मेडिकल बीमा वापत ६ हजार ३ सय २ भन्दा बढीलाई ८ करोड २८ लाख १० हजारभन्दा बढी रकम प्रदान गरिएको बैंकले जनाएको छ ।

बैंकले निक्षेप रकममा अधिकतम प्रतिफल दिने उद्देश्यका साथमा ४ जनालाई ५ वर्षको लागि ८४ लाखसम्मको बीमा फाइदा रहेको ‘सर्वश्रेष्ठ बचत योजना’ सञ्चालन गरिरहेको छ । जसअन्तर्गत आकर्षक ब्याजदर, ५ वर्षसम्म ८४ लाखसम्मका ३ बीमा, १८ वटा घातक रोगहरूको बीमा, दुर्घटना बीमा र मेडिकल बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू समावेश छन् । उक्त ८४ लाख बराबरको आकर्षक बीमा फाइदाअन्तर्गत ४० लाखको दुर्घटना बीमा, ४० लाखको घातक रोग बीमा र ४ लाखसम्मको औषधि उपचार बीमा उपलब्ध छन् भने अस्पताल भर्ना हुने बिरामीले ३ लाख २० हजारसम्म र ओपीडी उपचारको लागि ८० हजारसम्म बीमा लाभ प्राप्त गर्न ससक्नेछन् ।

बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११६ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखारहित शाखा सञ्जामार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै