PRABHU BANK

मेरो माइक्रोफाइनान्सको मंगलबारदेखि २ लाख ९ हजार ६४९ कित्ता सेयर लिलामीमा, यी ठाउँहरुबाट भर्न पाइने !

 mero microfinance
  • बैंकिङ संसार 
काठमाडौं – मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले मंगलबारदेखि २ लाख ९ हजार ६४९ कित्ता सेयर लिलामीमा ल्याउने भएको छ । यस लिलामीमा लगानीकर्ताले जेठ १४ गते अपरान्ह ३ बजे भित्र आवेदन दिइसक्नुपर्नेछ । 
लगानीकर्ताले प्रतिकित्ता न्यूनतम १०० रुपैयाँलाई आधार मानेर मूल्य बढाबढका आधारमा लिलामी भर्नुपर्ने हुन्छ । न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने छ । 
सो लिलामीमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, जमल काठमाडौंबाट बोलपत्र पेश गर्न सकिने छ । साथै ग्लोबल आइएमई बैंकको बिर्तामोड, जनकपुर, हेटौंडा, विराटनगर, नारायणढ, वीरगञ्ज, पोखरा, बाग्लुङ्ग, दाङ, नेपालगञ्ज, सुर्खेत, बुटवल, धनगढी र महेन्द्रनगर शाखाबाट पनि लिलामी भर्न सकिनेछ ।
संस्थाले गत फागुन १९ देखि चैत्र २४ गतेसम्म १०० प्रतिशत हकप्रद सेयर बिक्री गरेको थियो । कम्पनीले १ः१ अनुपातमा ३२ लाख ८९ हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरिएकोमा ३० लाख ७९ हजार ३५१ कित्ता मात्र बाँडफाँट भएको थियो । त्यसबेला बिक्री हुन बाँकी रहेको सेयर अहिले लिलामी गर्न लागिएको हो । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै