PRABHU BANK

साधना लघुवित्तले आर्थिक समृद्धि लघुवित्तलाई एक्वायर गर्ने, १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने योजना !

 sadhana laghubitta
  • बैंकिङ संसार 
काठमाडौं – साधना लघुवित्त वित्तीय संस्थाले आर्थिक समृद्धि लघुवित्तलाई एक्वायर गर्ने भएको छ । दुवै लघुवित्तले एक्विजिसन सम्बन्धी प्रस्ताव पारित गर्न जेठ २५ गते विशेष साधारण सभा बोलाएका छन् । सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको १००ः८० सेयर स्वाप रेसियो पारित गर्ने एजेन्डा पनि रहेको छ ।
साधना लघुवित्तको साधारण सभा होटल सत्यम, गोरखा नगरपालिका ६, गोरखामा बिहान ११ बजे बस्नेछ भने आर्थिक समृद्धि लघुवित्तको सभा होटल मुस्ताङ बन्दिपुर, तनहुँमा बिहान ११ बजे बस्नेछ । यी दुवै कम्पनीले सर्वसाधारणमा सेयर जारी गरेका छैनन् । 
यसआधारमा, आर्थिक समृद्धि लघुवित्तंको हाल १०० कित्ता सेयर हुने लगानीकर्ताले एक्विजिसनपछि साधना लघुवित्तको ८० कित्ता सेयर पाउनेछन् । एक्विजिसन प्रक्रियामा नियामक निकायको निर्देशन अनुसार काम गर्ने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने एजेन्डा पनि सभामा पेश हुनेछ ।
एक्विजिसनपछि कायम हुने चुक्ता पुँजीको १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै