- बैंकिङ संसार
काठमाडौं – सप्तकोशी डेभलपमेन्ट बैंक र काबेली विकास बैंक एक आपसमा गाभिएका छन् । यी दुई बैंक एक आपसमा गाभिएर असार २२ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । साथै सप्तकोशी डेभलपमेन्ट बैंकको नामबाट एकीकृत कारोबार हुने भएको छ ।
काबेली विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकले गत चैत २७ गते विशेष साधारण सभाबाट मर्जर सम्बन्धी विशेष प्रस्ताव पारित थिए ।
मर्जरपछि बैंकको केन्द्रीय कार्यालय हाल काबेली विकास बैंकको केन्द्रीय कार्यालय रहेको स्थान धनकुटा ७, धनकुटामा रहने भएको छ । यस्तै, कर्पोरेट कार्यालय हाल सप्तकोशी डेभलप्मेन्ट बैंकको कर्पोरेट कार्यालय रहेको स्थान विराटनगर महानगरपालिका–७, मोरङमा रहने जनाएको छ ।