MAX TIGER

विवादित कार्यकालपछि पनि नेकपा एमाले निकट गोबिन्द गुरुङलाई नै कृषि विकास बैंकको सिइओमा दोहोर्याउने तयारी

काठमाडौँ। सरकारले कृषि विकास बैंकको सिइओमा नेकपा एमाले निकट गोबिन्द गुरुङलाई नै दोहोर्याउने तयारी गरेको छ । अडिटर नियुक्तीदेखि पैसा खर्च गरेर अवार्ड लिएको प्रकरणसम्म विवादित बनेका गोबिन्द गुरुङलाई नै सिइओमा दोहोर्याउने तयारी सरकारले गरेको हो ।

कृषि विकास बैंकमै रहेका विवादित छविका उप महाप्रबन्धकलाई सरकारले नेप्सेको सिइओ बनाएपछी गुरुङले पनि लविङ थालेका हुन् ।

एमाले निकट मानिने गुरुङलाई दोस्रो कार्यकालका लागि पनि बैंकको नेतृत्व सुम्पिने तयारी अघि बढाइएको हो।

गुरुङको यसअघिको कार्यकाल विभिन्न विवादसँग जोडिएको थियो। विशेषगरी अडिटर नियुक्तिको विषयदेखि रकम खर्च गरेर अवार्ड लिएको भनिएको प्रकरणसम्म उनी विवादमा तानिएका थिए।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्