XTREME

सिद्धार्थ बैंकका कर्मचारीद्वारा अर्थमन्त्रीका सल्लाहकारको नाम दुरुपयोग, कर्मचारी र सेवाग्राहीलाई धम्की दिएको आरोप !

काठमाडौँ। सिद्धार्थ बैंकका कर्मचारीहरुले बैंकका संचालकसमेत रहेका अर्थमन्त्रीका सल्लाहकार भोजन अर्यालको नाम चरम दुरुपयोग गरेको पाइएको छ ।

बैंकका उच्च तहकै कर्मचारीहरुले भोजन अर्याल मन्त्रालयमा रहुन्जेल र रास्वपाको सरकार रहुन्जेल आफुहरुले जे गरे पनि कसैले हल्लाउन नसक्ने भन्दै अन्य कर्मचारीलाई थर्काउने, बैंकले ठगेको भन्दै गुनासो पोख्न आएका पीडीतहरुलाई अस्वाभाविक धम्की दिने गरेको पाइएको हो ।

बैंकका कर्मचारीले पनि अर्यालको नाम लिएर आफुहरुलाई बैंकका सिनियर कर्मचारीहरुले थर्काएको पुष्टी गरेका छन् भने गुनासो लिएर जानेहरुले पनि बैंकका गुनासो अधिकृतले अर्यालको नाम लिएर आफुलाई थर्काउने गरेको गुनासो गरेका छन् । बैंकका गुनासो अधिकृतले भने यस विषयमा प्रतिक्रिया दिएका छैनन् ।

स्वच्छ छवि भएका चार्टर्ड एकाउन्टेन्टसमेत रहेका भोजन अर्याल रास्वपाको सरकार आउनु अगाडी नै सिद्धार्थ बैंकमा संचालक थिए । स्वार्थको द्वन्द हुने भएकाले पद छाड्न सुझाव आए पनि बैंकले नै उनलाई पद नछाड्न आग्रह गरेको थियो ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्