XTREME

एनएमबि बैंक प्रतिष्ठित दुई अवार्डबाट सम्मानित

काठमाडौँ। एनएमबि बैंकले प्रतिष्ठित भिसा लिडरसिप कन्क्लेभमा दुई महत्वपूर्ण अवार्ड प्राप्त गरेको छ। डिजिटल भुक्तानी तथा ग्राहकमुखी बैंकिङ सेवामा उत्कृष्ट योगदान पुर्‍याएको भन्दै बैंकलाई ‘उत्पादन नवप्रवर्तनमा उत्कृष्टता’ र ‘उपभोक्ता डेबिट कार्ड व्यवसायमा उत्कृष्टता- प्रिन्सिपल क्लाइन्ट’ अवार्ड प्रदान गरिएको हो।

डिजिटल बैंकिङ क्षेत्रमा नवीनतम प्रविधिको प्रयोग गर्दै ग्राहकलाई सहज, सुरक्षित र प्रभावकारी वित्तीय सेवा उपलब्ध गराउँदै आएको योगदानको कदरस्वरूप बैंकले उक्त सम्मान प्राप्त गरेको हो। बैंकले आफ्ना आधुनिक डिजिटल बैंकिङ सेवा तथा भरपर्दो डेबिट कार्ड सेवामार्फत ग्राहकलाई स्वदेश तथा विदेशमा सहज, छिटो र सुरक्षित रूपमा वित्तीय कारोबार गर्ने सुविधा प्रदान गर्दै आएको जनाएको छ।

ग्राहकको वित्तीय कारोबारलाई सरल र प्रविधिमैत्री बनाउने उद्देश्यसहित डिजिटल सेवाहरूलाई निरन्तर परिष्कृत गर्दै आएको बैंकको भनाइ छ। प्राप्त अवार्डले डिजिटल बैंकिङ क्षेत्रमा बैंकले अघि बढाएका नवीनतम पहल, उत्पादन विकास तथा ग्राहक सेवाप्रतिको प्रतिबद्धतालाई थप पुष्टि गरेको बैंकले जनाएको छ।

हाल एनएमबी बैंकले देशभर १९६ शाखा, १७६ एटीएम तथा ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। प्रविधिको उच्चतम प्रयोग गरी ग्राहकलाई उत्कृष्ट बैंकिङ अनुभव प्रदान गर्नु बैंकको प्रमुख प्राथमिकता रहँदै आएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्