XTREME

स्वावलम्बन लघुवित्तले सेयरधनीलाई ५ प्रतिशत लाभांश दिने

काठमाडौँ। स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले लाभांश दिने घोषणा गरेको छ। लघुवित्तले आर्थिक वर्ष २०८२-८३ का लागि लाभांश दिने घोषणा गरेको हो ।

लघुवित्तको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्यबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी १ अर्ब ७५ करोड रुपैयाँको कुल ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

जसमा ४.७५ प्रतिशतले हुन आउने ८ करोड ३१ लाख २५ हजार रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशतले हुन आउने ४३ लाख ७५ हजार ४७४.३३ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिनेछ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्