MAX TIGER

सुनको असर्फी र चाँदीको मेडालियन बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौँ। नेपाल राष्ट्र बैंकले सुनको असर्फी र चाँदीको मेडालियन बिक्री गर्ने भएको छ। राष्ट्र बैंकले तिहारका लागि कात्तिक १९ गतेदेखि सुनको असर्फी र चाँदीको मेडालियन बिक्री गर्ने भएको हो ।

काठमाडौंको बबरमहलस्थित नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले आज र भोलि कात्तिक २० गतेसम्म सुनको असर्फी र चाँदीका मेडालियन बिक्री गर्ने भएको छ। ग्राहकले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म खरिद गर्न सक्नेछन्।

प्रतिव्यक्ति २.५ ग्रामको एक थान सुनको असर्फी र १० ग्रामका लक्ष्मी तथा गणेश अंकित चाँदीका मेडालियन एक-एक थान (बढीमा दुई थान) खरिद गर्न पाइनेछ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्