नुवाकोटको बट्टारमा सिटिजन्स बैंकको नयाँ शाखा सञ्चालन

काठमाडौँ। सिटिजन्स बैंक इन्टरनेसनलले नुवाकोटको बट्टारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेपछि सिटिजन्स बैंक इन्टरनेसनलले नुवाकोटको बट्टारमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

गत भदौ १० गते आएको बाढीले बैंकको देवीघाट शाखा पूर्ण रूपमा क्षति पुर्याएपछि स्थानीय सेवाग्राहीलाई सहज र प्रभावकारी बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले विदुर नगरपालिका २, बट्टारमा नयाँ शाखा सञ्चालनमा ल्याइएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले आज आयोजित एक कार्यक्रमबीच शाखाको उद्घाटन गरेका हुन् । बट्टार शाखा यसअघि सञ्चालनमा रहेको देवीघाट शाखाबाट करिब ७ किलोमिटरको दूरीमा छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्