काठमाडौँ । प्रभु बैंकका सिइओ सुमन शर्मा विरुद्ध जारी पक्राउ पुर्जीको विषय बैंकभित्र सीमित राख्ने बैंकको प्रयास असफल भएको छ । स्वयम् जाहेरवालाका नजिकका एक सिए नै यो केस लिएर मिडियामा पुगेपछि यो केस छताछुल्ल भएको हो ।

यो केस सुरुमा बैंकलाई मात्र थाहा थियो । आफुले सबै मिलाउने भन्दै बैंकका सीइओसमेत प्रहरीकहाँ उपस्थित भएका थिएनन् । तर, जाहेरवालाका नजिकका एक सिए (चार्टर एकाउन्टेन्ट) नै उनी निकट एक मिडियाकर्मीकहाँ पुगेर प्रभु बैंकका सीइओविरुद्ध पक्राउ पूर्जी जारी भएको खबर दिएका थिए । त्यसपछि ती मिडियाकर्मीले बैंकमा सोधनी गरे । बैंकका सूचना अधिकारी रविन्द्र ढकालले आफुलाई मिडियाकर्मीको फोन आएको र न्युज आईसकेपछि कुरा नलुक्ने बताएपछि सीइओ शर्मा काठमाडौँ छाडेर पर्सा जान तयार भएका थिए ।
शर्माविरुद्धको फौजदारी मुद्दा असोज १ गते दर्ता भएको र अदालतले असोज २ गते पक्राउ गर्न अनुमति दिएको थियो। तर उनी केही समय बैंकको काममा संलग्न रहेको र पछि फोर्स लिभ लिएर पर्सा गएका छन् ।

पक्राउ पूर्जी जारी भईसकेपछि पनि आफु बिदामा छु भनेर ढाँटने चलन प्रभु बैंकमा नौलो होइन । यसअघि पनि रश्मी पन्तलेसमेत बिदा बसेर भागेकी थिइन् । पछि उनी पक्राउ परिन् । हाल उनी धरौटीमा छुटीसकेकी छिन् ।

प्रहरीको आँखा छलेर काठमाडौँबाट भागेका थिए प्रभुका सिइओ, बीरगंजमा भने ‘सेटिङ’ !
पक्राउ पूर्जी जारी भएका प्रभु बैंकका सिइओ सुमन शर्मा बीरगन्जमा लुके, सोमबार आत्मसमर्पण गर्ने !
प्रभु बैंकका सीइओ सुमन शर्माविरुद्ध पक्राउ पूर्जी जारी ! (पक्राउ पूर्जीको प्रमाणसहित)


