HIMALAYAN LIFE
Banking Sansar Mobile App

सुमन शर्मा ठगी प्रकरणमा निलम्बनमा पर्ने देखिएपछि जनकलाई सिइओ बनाउन ढकालको दौढधुप, बोर्डमा अब्जेक्सन !

काठमाडौँ । प्रभु बैंकका सिइओ सुमन शर्मा विवादमा परेपछि बैंकको भावी नेतृत्वबारे सञ्चालक समितिमा छलफल भएको छ। शर्माको स्थानमा कसलाई जिम्मेवारी दिने भन्ने विषयमा विभिन्न नाम प्रस्ताव भएको र त्यस क्रममा जनक शर्मा पौडेलको नामसमेत उठेको एक सञ्चालकले बताएका छन्।

शर्माविरुद्ध फौजदारी मुद्दा दर्ता भएपछि बैंकको कर्मचारी विनियमावलीअनुसार उनको पदसम्बन्धी अवस्था स्पष्ट हुनुपर्ने प्रश्न उठेको थियो। यसै सन्दर्भमा कार्यवाहक सिइओ तोक्ने वा अर्को व्यक्तिलाई नेतृत्वमा ल्याउने विषयमा बोर्डमा छलफल भएको बताइएको छ।

एक सञ्चालकका अनुसार छलफलका क्रममा दुई जना सञ्चालकले जनक शर्मा पौडेललाई सिइओका रूपमा ल्याउनुपर्ने प्रस्ताव राखेका थिए।

यद्यपी बोर्डभित्र तत्काल नयाँ नियुक्तिको निर्णय गर्नुभन्दा पहिले शर्माको कानुनी अवस्था स्पष्ट पार्ने र आवश्यक परे कार्यवाहक नेतृत्वको व्यवस्था गर्ने विषयमा जोड दिइएको संचालकको दाबी छ ।

यद्यपी सकेसम्म शर्मालाई बैंकको सीइओमा फर्काउने र सो नभए सिनियर डेपुटी सीइओलाई काबा सीइओ बनाउने र उनले बैंक चलाउन नसकेमात्र बाहिरबाट मान्छे ल्याउने तयारीमा बैंक रहेको संचालकहरुको दाबी छ ।

लक्ष्मी सनराइज ठगी प्रकरण : प्रभुका सिइओ शर्मा निलम्बनमा, जोगाउन कोसिस गर्दै राष्ट्र बैंककै पूर्व हाकिम !

लक्ष्मी सनराइज बैंकका कर्मचारी केदारविरुद्ध पक्राउ पूर्जी जारी !

लक्ष्मी सनराइज बैंकका क्रेडिट अपरेशन हेड रविन्द्र केसीलाई पक्राउ गर्न अदालतको अनुमति

लक्ष्मी सनराइज ठगी प्रकरण: सिइओ शाहविरुद्ध पनि जाहेरी दिएको पिडितको दाबी, पक्राउ पर्लान् ?

१२ दिनसम्म गुपचुप पक्राउ पूर्जी बैंककै कर्मचारी सुलसुले बन्दा मिडियामा पुग्यो, अनि भागे सुमन शर्मा !

प्रहरीको आँखा छलेर काठमाडौँबाट भागेका थिए प्रभुका सिइओ, बीरगंजमा भने ‘सेटिङ’ !

बैंकिङ संसारलाई स्वेक्षिक सहयोग अभियान

बैंकिङ संसारलाई स्वेक्षिक सहयोग अभियान

पाठक हाम्रा भगवान् हुन् । भगवानसँग सहयोगको विनम्र अनुरोध गर्न नमिल्ने कुरै भएन । त्यसैले हामी हाम्रा भगवानरुपी पाठकलाई हामीलाई स्वेक्षिक सहयोग गर्न अनुरोध गर्दछौँ । बैंकिङ संसार डटकममा प्रकाशित हुने प्रिमियम स्टोरी निर्माणमा सहयोग गर्न चाहानुहुन्छ भने तपाईंहरु पनि 'स्वेक्षिक सहयोग अभियान'मा सहभागी हुन सक्नुहुनेछ । सो रकमलाई हामी बैंकिङ क्षेत्रका प्रिमियम स्टोरीहरु तयार गर्न प्रयोग गर्नेछौँ ।