सर्वोच्चको आदेशविरुद्द कुमारी बैंकको अर्को रिट, तृप्ति राणालाई गरेको कारवाही तत्काल कार्यान्वयन गर्न माग !

काठमाडौँ। सर्वोच्च अदालतको आदेशविरुद्द कुमारी बैंकले अर्को रिट दयार गरेको छ। यसघि सर्वोच्च अदालतले कुमारी बैंककी अधिकृत तृप्ति राणालाई गरेको कारवाही तत्कालका लागि कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएकोमा सो आदेश तत्काल कार्यान्वयन गर्न माग गरेको हो।

बैंकले राणाविरुद्द भदौ २२ गते अन्तरिम आदेश खारेज गरी पाउँ भन्दै रिट दायर गरेको थियो। तर, विभिन्न मितिमा पेशी तोकिए पनि बैंकले राणाविरुद्द दायर गरेको रिट ‘हेर्न नभ्याइने’मा परेको छ ।

यता बैंकले मात्र होइन कुमारी बैंकमा अधिकृत पदमा कार्यरत तृप्ती राणाले पनि कुमारी बैंकको केन्द्रिय कार्यालय, संचालक समिति र प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालविरुद्द रिट दायर गरेकी छिन्।

असोज १४ गते न्यायाधीशद्वय नृपध्वज निरौला र शान्तिसिंह थापाको संयुक्त इजलासमा पेशी तोकिए पनि मुद्दा ‘हेर्न नभ्याइने’मा परेको छ। अब अर्को पेशी असोज २१ गतेलाई परेको छ। यो पनि हेर्नुहोस्:

कुमारी बैंकमा कार्यरत तृप्ती राणाले दायर गरेको बैंकविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा, असोज २१ गतेलाई तोकियो अर्को पेशी !

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्