काठमाडौँ। कुमारी बैंकमा अधिकृत पदमा कार्यरत तृप्ती राणाले कुमारी बैंकको केन्द्रिय कार्यालय, संचालक समिति र प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालविरुद्द दायर गरेको रिट ‘हेर्न नभ्याइने’मा परेको छ । असोज १४ गते न्यायाधीशद्वय नृपध्वज निरौला र शान्तिसिंह थापाको संयुक्त इजलासमा पेशी तोकिए पनि मुद्दा ‘हेर्न नभ्याइने’मा परेको हो।
अब अर्को पेशी असोज २१ गतेलाई परेको छ।
राणाले बैंकको निर्णयविरुद्ध उत्प्रेषण रिट दायर गरेकी थिइन्। यसअघि असोज ५ गते पनि न्यायाधीशद्वय अव्दुल अजीज मुसलमान र नृपध्वज निरौलाको संयुक्त इजलासमा पेशी तोकिए पनि मुद्दा ‘हेर्न नभ्याइने’ मा परेको थियो।
के हो प्रकरण ?
कुमारी बैंकले हुण्डीमा संलग्न भएको दाबी गर्दै राणाविरुद्ध अनुसन्धानका लागि प्रहरीमा जाहेरी दिएको थियो । प्रहरीले राणालाई पक्राउसमेत गरी यस विषयमा अनुसन्धान गरेको थियो । तर, उनले हुण्डी गरेको प्रमाणित हुने आधार नदेखेपछि जिल्ला अदालत काठमाडौँले राणालाई सफाई दिएको थियो ।
तर, सफाई पाईसकेपछि पनि बैंकले पुन: अनुशासन विपरित काम गरेको भनीरानालाई तलववृद्धि घटुवाको कारवाही गरेको थियो। यसरी सफाई पाइसकेपछि पनि पुन: कारवाहीमा परेपछि सो कारवाही खारेजीको माग गर्दै राणा संचालक समिति, र बैंकका सीइओ राम चन्द्र खनालसमेतलाई प्रतिवादी बनाएर २०८३ साल भदौ ४ गते रिट दायर गर्न सर्वोच्च पुगेकी थिइन् ।
मुद्दाको प्रारम्भिक सुनुवाइ २०८३ भदौ ५ गते न्यायाधीश कुमार रेग्मीको इजलासमा तोकिए पनि मुद्दा ‘हेर्न नमिल्ने’ भएको थियो। त्यसपछि भदौ ८ गते न्यायाधीश नृपध्वज निरौलाको इजलासमा पेशी तोकिएकोमा निवेदकका कानून व्यवसायीबाट मुद्दा ‘स्थगित’ भएको थियो । भदौ ९ गते न्यायाधीश सपना प्रधान मल्लको इजलासले भने रिटउपर सुनुवाई गर्दै कारण देखाउ आदेश जारी गरेको थियो भने सो निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न आदेश दिएको थियो ।
यसघि सर्वोच्च अदालतले कुमारी बैंककी अधिकृत तृप्ति राणालाई गरेको कारवाही तत्कालका लागि कार्यान्वयन नगर्न अन्तरिम आदेश समेत दिएको थियो । बैंकविरुद्ध राणाले दायर गरेको रिटमा सुनुवाई गर्दै सर्वोच्चले यस्तो आदेश दिएको थियो । न्यायाधीस सपना प्रधान मल्लको एकल इजलाशले बैंकका नाममा यस्तो अन्तरिम आदेश जारी गरेको थियो। यसअघि जारी भएको आदेश:




