PRABHU BANK

सिभिल बैंक र द हबि अटो ट्रेडिङबीच सम्झौता, ७० प्रतिशतसम्म कर्जा सुविधा !

 civil bank
  • बैंकिङ संसार 
काठमाडौँ । सिभिल बैंक लिमिटेड र द हबि अटो ट्रेडिङ्बिच व्यावसायीक सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेल तथा द हबि अटो ट्रेडिङ्का तर्फबाट अध्यक्ष उमेश नारायण मानन्धरले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार द हबि अटो ट्रेडिङ्बाट ट्याक्टर, कृषि औजार तथा हेभि इक्विपमेन्ट खरिद गर्ने ग्राहकलाई हबि अटोको सिफारिसमा सिभिल बैँकले ७० प्रतिशत सम्म कर्जा सुबिधा प्रदान गर्ने छ । सम्झौताले धेरै ग्राहक लाभान्वित हुने दुवै पक्षले विश्वास लिएका छन् ।
हाल सम्म बैंकले उपत्यकाभित्र २१ तथा उपत्यका बाहिर ७६ शाखाबाट बैंकिङ सुविधा दिइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै