उमेरहदका कारण राष्ट्र बैंकका पाँच उपनिर्देशक अवकाशमा

काठमाडौँ। नेपाल राष्ट्र बैंकका पाँच जना उपनिर्देशकले बैंक सेवाबाट अवकाश पाएका छन् । राष्ट्र बैंकका विभिन्न विभाग तथा कार्यालयमा कार्यरत पाँच जना उपनिर्देशकले बैंक सेवाबाट अवकाश पाएका हुन्।

राष्ट्र बैंकका अनुसार नेपालगञ्ज कार्यालयका प्रकाशकुमार धिताल, मुद्रा व्यवस्थापन विभागका उपनिर्देशक हरिगोविन्द महर्जन, बैंकिङ विभागका देवराज घिमिरेले, टक्सार महाशाखाका धनबहादुर श्रेष्ठ र सम्पत्ति तथा सेवा व्यवस्थापन विभागका इन्द्रप्रसाद शर्माले बैंक सेवाबाट अवकाश पाएका हुन् ।

मानव संसाधन व्यवस्थापन विभागका अनुसार उनीहरूले ५८ वर्षे उमेरहदका आधारमा बैंक सेवाबाट अवकाश पाएका हुन् । उमेरहदका कारण एकै महिनामा पाँच जना उपनिर्देशक अवकाशमा गएपछि राष्ट्र बैंकका सम्बन्धित कार्यालय तथा विभागमा जनशक्ति व्यवस्थापन र जिम्मेवारी हस्तान्तरणको आवश्यकता देखिएको छ।

बैंकको नियमअनुसार ५८ वर्ष उमेर पूरा भएपछि कर्मचारी अनिवार्य अवकाशमा जाने व्यवस्था छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्