काठमाडौँ। बैंकको अर्को सेफ (भल्ट) फेला पनि फेला परेको छ । बाढीले ल्याएको ल्दो सफा गर्ने क्रममा धादिङको बैरेनी बजार सडकमा बैंकको अर्को सेफ (भल्ट ) फेला परेको हो।
रसुवा जिल्लाको टिमुरे आसपासको क्षेत्रमा आएको विशाल बाढीका कारण बगाएर ल्याएको बैंकको अर्को सेफ (भल्ट) फेला परेको हो।
यसअघि पनि धादिङको मलेखु खोलाको किनारमा बैंकको भल्ट फेला परेको थियो। त्यसअघि बाढीले बगाएर ल्याएको बैंकको अर्को सेफ फोडी रकम लुटेको आरोपमा २९ जना पक्राउ परेका थिए । यो पनि हेर्नुहोस्:

बाढीले बगाएको बैंकको सेफ फोडेर लुटपाट, ९२ लाखसहित २९ जना पक्राउ


