रसुवाको बाढीमा लुम्बिनी विकास बैंकका कर्मचारी बेपत्ता (सूचनासहित)

काठमाडौँ। लुम्बिनी विकास बैंकका एक जना कर्मचारी सम्पर्कविहिन भएका छन्। रसुवाको गोसाइँकुण्ड गाउँपालिका २ टिमुरे आसपासमा आएको भीषण बाढीका कारण लुम्बिनी विकास बैंक लिमिटेड, बट्टार शाखामा कार्यरत रुपेश श्रेष्ठ बेपत्ता भएका हुन्।

बैंकका अनुसार बाढीपछि श्रेष्ठसँग सम्पर्कविहीन भएको र परिवारबाट समेत जानकारी प्राप्त भएकाले खोजी तथा उद्धारका लागि पहल भइरहेको छ।

बैंकले श्रेष्ठको शीघ्र सकुशल उद्धारको कामना गर्दै बट्टार शाखा वा परिवारजनलाई कुनै जानकारी भए तत्काल सम्पर्क गर्न आग्रह गरेको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्