आधार दर गणना विधिमा राष्ट्र बैंकद्वारा संशोधन, कुल सञ्चालन खर्चको ९० प्रतिशत रकम समावेश हुने !

काठमाडौँ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले निर्धारण गर्ने आधार दर गणना विधिमा संशोधन गरेको छ। नयाँ व्यवस्थाअनुसार अब बैंकको कुल सञ्चालन खर्चको ९० प्रतिशत रकम आधार दर गणनामा समावेश गर्नुपर्ने भएको छ।

यसअघि आधार दर गणना गर्दा कुल सञ्चालन खर्चको ८५ प्रतिशत रकम मात्रै समावेश हुँदै आएको थियो।

सञ्चालन खर्चको बाँकी १५ प्रतिशतलाई गैरकोष सञ्चालन खर्चका रूपमा अनुमान गरी त्यसको पूर्ति गैरकोष आम्दानीबाट हुने मान्यता राखिएको थियो।

राष्ट्र बैंकले गैरकोष सञ्चालन खर्चको हिस्सा १५ प्रतिशतबाट घटाएर १० प्रतिशत कायम गरेको हो। राष्ट्र बैंकका अनुसार सञ्चालन खर्चअन्तर्गतको १० प्रतिशत रकम गैरकोष सञ्चालन खर्च हुने र त्यसको पूर्ति गैरकोष आम्दानीबाटै हुन सक्ने भएकाले गणना विधिमा संशोधन गरिएको हो।

https://www.nrb.org.np/contents/uploads/2026/08/Circular-1-ABC-F-V1.pdf 

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्