काठमाडौँ । रसुवामा आएको बाढीले पूरै शाखा नै बगाएपछि हिमालयन बैंकका एक जना कर्मचारी सम्पर्कविहीन भएका छन् । बैंकको बेत्रावती शाखामा कार्यरत ४ जनामध्ये एक जना सम्पर्कविहीन भएका हुन् । ३ जनाले भने भागेर ज्यान जोगाएका छन् ।
बैंकको शाखा भने बाढीले बगाएको छ । शाखा नै बगाएपछि बैंकमा रहेको पैसाको भल्टसमेत बगेको छ । बैंकका अन्य डकुमेन्टहरु पनि बाढीले पूर्ण रुपमा क्षतिग्रस्त बनाएको छ ।



