काठमाडौँ। सानिमा बैंकको शाखा पनि बाढीले बगाएको छ। भदौ १० गते बुधबार विहान आएको बाढीले सानिमा बैंकको टिमुरे शाखा बगाएको हो।
अचानक आएको बाढीका कारण टिमुरे क्षेत्रमा जनजीवन प्रभावित भएको छ। बाढीको तीव्र बहावले बैंकको शाखा भवनमा क्षति पुर्याउँदै संरचना नै बगाएको पाइएको हो। घटनापछि बैंकको नियमित सेवा सञ्चालनमा समेत असर परेको छ।
बैंकका शाखा बगेपछि त्यहाँ रहेको नगद, अन्य डकुमेन्ट, लगायतका सामानहरु पनि बाढीले बगाएको छ । बाढीले सानिमा बैंकको टिमुरे शाखा कार्यालय बगाएपछि शाखामा रहेका नगद, महत्वपूर्ण कागजात तथा अन्य सामग्रीसमेत बाढीले बगाएको खुलेको छ। रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन भएको खुलासा भएको छ।



