नबिल बैंकको टिमुरे शाखा बाढीले डुबायो !

काठमाडौँ। नबिल बैंकको टिमुरे शाखा बाढीले बगाएको पाइएको छ। बुधबार विहान आएको बाढीले नबिल बैंकको टिमुरे शाखा बगाएको हो।

अचानक आएको बाढीका कारण टिमुरे क्षेत्रमा जनजीवन प्रभावित भएको छ। बाढीको तीव्र बहावले बैंकको शाखा भवनमा क्षति पुर्‍याउँदै संरचना नै बगाएको पाइएको हो। घटनापछि बैंकको नियमित सेवा सञ्चालनमा समेत असर परेको छ।

बाढीले नबिल बैंकको टिमुरे शाखा कार्यालय बगाएपछि शाखामा रहेका नगद, महत्वपूर्ण कागजात तथा अन्य सामग्रीसमेत बाढीले बगाएको खुलेको छ।

बैंकको शाखा कार्यालयमा रहेका केही कागजात र रकमसमेत बाढीमा बगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। बाढीका कारण बैंकको भौतिक संरचनामा समेत ठूलो क्षति पुगेको छ।

घटनाबाट भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको जनाइएको छ। तर, बाढीले बैंकको शाखा बगाएपनि बैंकका कर्मचारी भने सम्पर्क मै रहेका छन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्