माछापुच्छ्रे बैंकको शाखा पनि बाढीले बगायो, कर्मचारी सम्पर्कमै !

काठमाडौँ। माछापुच्छ्रे बैंकको टिमुरे शाखा बाढीले बगाएको पाइएको छ। बुधबार विहान आएको बाढीले माछापुच्छ्रे बैंकको टिमुरे शाखा बगाएको हो।

बैंकका शाखा बगेपछि त्यहाँ रहेको नगद, अन्य डकुमेन्ट, लगायतका सामानहरु पनि बाढीले बगाएको छ ।

बाढीले माछापुच्छ्रे बैंकको टिमुरे शाखा कार्यालय बगाएपछि शाखामा रहेका नगद, महत्वपूर्ण कागजात तथा अन्य सामग्रीसमेत बाढीले बगाएको खुलेको छ।

बैंकको शाखा कार्यालयमा रहेका केही कागजात र रकमसमेत बाढीमा बगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। बाढीका कारण बैंकको भौतिक संरचनामा समेत ठूलो क्षति पुगेको छ।

घटनाबाट भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको जनाइएको छ। तर, बाढीले बैंकको शाखा बगाएपनि बैंकका कर्मचारी भने सम्पर्क मै रहेका छन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्