नबिल बैंकको नायब डीसीईओमा अवस्थीको बढुवा

काठमाडौं । नबिल बैंकले गणेशप्रसाद अवस्थीलाई नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा बढुवा गरेको छ। सोमबार बसेको सञ्चालक समिति बैठकले नायब महाप्रबन्धक अवस्थीलाई डीसीईओमा बढुवा गर्ने निर्णय गरेको हो।

अवस्थी करिब ६ वर्षअघि ग्लोबल आइएमई बैंकबाट सहायक महाप्रबन्धकका रूपमा नबिल प्रवेश गरेका थिए।

उनले सन् २००१ मा एनआईसी एशियाबाट बैंकिङ करियर सुरु गरेका थिए।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्