काठमाडौँ । प्रभु बैंकको ४८ करोड घोटाला प्रकरणमा मुद्द्दा दायर भएका ५ बैंकरसहित ७ जना बाहेक अन्य ६ जना बैंकरहरुको पनि सीआईबीले बयान लिएको पाइएको छ । बैंकको मार्केटिङ विभागमा कार्यरत दिपेन्द्र बाबु बिष्टसहित अन्य ६ बैंकरहरुले पनि प्रभु बैंकको सो घोटाला केसमा बयान दिएको पिएको हो । उनीहरुको बयानसहितको अभियोगपत्र उच्च अदालत पाटनमा दर्ता भईसकेको छ ।
बयान दिनेमा बैंकमा कार्यरत दिपेन्द्र बाबु बिष्ट, शैलेन्द्र डंगोल, एन्जल शर्मा, सुनिल राना,रमेश थापा र योगेश पौडेल छन्।
एशियन भिलेज रिसोर्टलाई गैरकानुनी रुपमा ऋण दिएको भेटिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानका आधारमा सरकारी वकिलको कार्यालयले उच्च अदालत पाटनमा अभियोगपत्र दायर गरेको छ । सीआईबीले गरेको अनुसन्धान अनुसार ‘एसियन भिलेज रिसोर्ट प्रालि.’ का सञ्चालक शशिर शर्माले एशियन भिजेज रिसोर्टका लागि जग्गा खरिद गर्ने भन्दै ४८ करोड रुपैयाँ कर्जा लिएका थिए । तर सो रकम दुरुपयोग गरी उनले अरु ऋण तिर्ने र सापटी मिलानमा प्रयोग गरेको खुलासा भएको छ ।
अभियुक्तहरूविरुद्ध ४८ करोड रुपैयाँ बिगो तथा सोही बराबर जरिवाना र ६ देखि ८ वर्षसम्म कैद सजायको माग गरिएको छ । फरार रहेका पूर्वसीईओ शेरचनविरुद्ध पक्राउ पुर्जी जारी गर्नसमेत माग गरिएको छ ।
घटनाको विस्तृत विवरण बैंकिङ संसार केस स्टडी पेजमा हेर्न सकिन्छ ।
यो पनि हेर्नुहोस्:



