HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रभु बैंकको ४८ करोड घोटाला प्रकरण: प्रभु बैंकका ५ कर्मचारीसहित ७ विरुद्ध मुद्दा दायर, बिगो र कैद सजायको माग

काठमाडौं । प्रभु बैंकको ४८ करोड घोटाला प्रकरणमा बैंकका तत्कालीन सीईओ अशोक शेरचन, बैंककी तत्कालीन चिफ बिजनेश अफिसर रश्मी पन्त, बैंकका शाखा प्रबन्धक सन्तोष ज्ञवाली, बैंकका रिकभरी म्यानेजर नन्दराज जोशी, ऋण अधिकृत राजेन्द्र श्रेष्ठसहितसहित ७ जनाविरुद्ध बैंकिङ कसुरको मुद्दा दायर भएको छ ।

गैरकानुनी रुपमा ऋण दिएको भेटिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानका आधारमा सरकारी वकिलको कार्यालयले उच्च अदालत पाटनमा अभियोगपत्र दायर गरेको हो ।

सीआईबीले गरेको अनुसन्धान अनुसार ‘एसियन भिलेज रिसोर्ट प्रालि.’ का सञ्चालक शशिर शर्माले एशियन भिजेज रिसोर्टका लागि जग्गा खरिद गर्ने भन्दै ४८ करोड रुपैयाँ कर्जा लिएका थिए । तर सो रकम दुरुपयोग गरी उनले अरु ऋण तिर्ने र सापटी मिलानमा प्रयोग गरेको खुलासा भएको छ ।

अनुसन्धानका क्रममा ४ करोड ६१ लाख रुपैयाँ बराबरको जग्गा धितो राखेर ४८ करोड रुपैयाँ कर्जा प्रवाह गरिएको पाइएको छ भने थप जग्गा बैंकको नाममा दृष्टिबन्धकसमेत नभएको खुलासा भएको छ ।

अभियुक्तहरूविरुद्ध ४८ करोड रुपैयाँ बिगो तथा सोही बराबर जरिवाना र ६ देखि ८ वर्षसम्म कैद सजायको माग गरिएको छ । फरार रहेका पूर्वसीईओ शेरचनविरुद्ध पक्राउ पुर्जी जारी गर्नसमेत माग गरिएको छ ।

घटनाको विस्तृत विवरण बैंकिङ संसार केस स्टडी पेजमा हेर्न सकिन्छ ।

prabhu pdf 

प्रभु बैंक: पूर्व हाकिमहरु फरार, चिफ बिजनेश अफिसर हिरासतमा, सञ्चालक विवादमा, बैंक नियामकीय कारवाहीमा !

सबै जसो सञ्चालकका विवाद एकएक गरी बाहिरन थालेपछि बोल्यो प्रभु बैंक, मिति केरमेट गरेर हतारमा खण्डन !

प्रभु बैंकका सिइओ सुमन शर्माविरुद्ध अदालतको अवहेलना सम्बन्धि फौजदारी केसमा मुद्धा दर्ता, दोषी ठहरिए जान्छ पद !

सिंहदरबारमा प्रहरीले प्रभु बैंकका सिइओलाई किन छिर्न दिएन ? अर्थमन्त्रीसँगको बैठकमा जान नपाउनुको कारण यस्तो…

प्रभु बैंकका मेनेजर बैंककै कार्यालयबाट पक्राउ

बैंकिङ संसारलाई स्वेक्षिक सहयोग अभियान

बैंकिङ संसारलाई स्वेक्षिक सहयोग अभियान

पाठक हाम्रा भगवान् हुन् । भगवानसँग सहयोगको विनम्र अनुरोध गर्न नमिल्ने कुरै भएन । त्यसैले हामी हाम्रा भगवानरुपी पाठकलाई हामीलाई स्वेक्षिक सहयोग गर्न अनुरोध गर्दछौँ । बैंकिङ संसार डटकममा प्रकाशित हुने प्रिमियम स्टोरी निर्माणमा सहयोग गर्न चाहानुहुन्छ भने तपाईंहरु पनि 'स्वेक्षिक सहयोग अभियान'मा सहभागी हुन सक्नुहुनेछ । सो रकमलाई हामी बैंकिङ क्षेत्रका प्रिमियम स्टोरीहरु तयार गर्न प्रयोग गर्नेछौँ ।