PRABHU BANK

सिद्धार्थ बैंक लिमिटेडको १ नँया शाखा र ४ शाखाको औपचारिक समुद्घाटन, कति पुग्यो कुल शाखा सञ्जाल ?

siddhartha bank
  • बैंकिङ संसार 
काठमाडौं । सिद्धार्थ बैंकले सोमबार प्रदेश नं ५ अवस्थित लुम्बिनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सोही दिन सुनसरी अवस्थित दुहबी शाखा र गढी शाखा, सिरहा अवस्थित गोलबजार शाखा र लहान शाखाको औपचारिक समुद्घाटन सम्पन्न गरेको छ ।
बैंकको दुहबी शाखाको उद्घाटन दुहबी नगरपालिकाका मेयर बेद नारायण गच्छदार, गढी शाखाको उद्घाटन गढी गाउँपालिका अध्यक्ष श्रीप्रसाद यादव, गोलबजार शाखाको उद्घाटन गोलबजार नगरपालिकाका मेयर देवनाथ शाह र लहान शाखाको उद्घाटन लहान नगरपालिकाका मेयर मुनि शाह सुडीबाट भएको थियोे ।
बैंकले दुहबी शाखा गत फाल्गुण २७ गते, गढी शाखा गत माघ ७ गते, गोलबजार शाखा गत कार्तिक १५ गते र लहान शाखा गत वैशाख २३ गते देखि नै स्थापना गरी कारोबार गर्दै आएको थियो । उक्त लुम्बिनी शाखा विस्तार पश्चात् सिद्धार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १७६ ( एक्स्टेन्सन् काउन्टर सहित) पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै