नेपाल लाइफको ब्राण्डिङ विभागमा किन टिक्दैनन् कर्मचारी ? हरेकजसो किन विवादैले छाड्छन् जागिर ?

काठमाडौँ । कुरा अलि अघिको हो, त्यतिबेला विप्लव नेतृत्वको पार्टीले नेपाल बन्दको आयोजना गरेको थियो । तर नेपाल लाइफका तत्कालीन ब्राण्डिङ विभागका प्रमुखले विप्लवलाई गाली गर्दै सामाजिक संजालमा स्ट्याटस लेखे । यहि कारण उनको जागिर नै गयो ।

त्यसपछि नेपाल लाइफमा मेघेन्द्र प्रसाद गिरी ब्राण्डिङ विभाग हेर्नेगरी आए । तर तत्कालीन सीइओ विवेक झाले कम्पनी छाड्ने बित्तिकै उनीमाथि पनि अनेक आरोप लाग्यो । यतिसम्म कि उनले सम्झौता गरेका मिडियामा विज्ञापन प्रकाशन गरेर बिल पठाउँदा पनि सो रकम भुक्तानी भएन । अहिलेसम्म पनि सो रकम भुक्तानी भएको छैन । अनेक विवादका बीच मेघेन्द्रले जागिर छाडे ।

त्यसपछि ब्राण्डिङ विभाग सम्हाल्न आए अमित झा । अमित झा ठिकै गर्दै थिए । तर उनलाई एउटा वेभरेज कम्पनीले जागिरमा लैजाने भयो । उनी त्यतै गए । तर अर्को मान्छे ठिक नपारी कम्पनीलाई धोका दिएको अपजश उनले खेप्नुपर्यो । उनी जुन बेभरेज कम्पनीमा गएका थिए, त्यहाँबाट पनि उनी आउट भईसकेका छन् ।

अहिले प्रनिश शाक्य कम्पनीको ब्राण्डिङ विभाग प्रमुख भएर आएका छन् । तर उनी आउने बित्तिकै कम्पनीबारे लफडा मिडियामा आउन थालेपछि उनी तनावमा छन् । यसो त शाक्यको अण्डरमा काम गर्न नसकिने भन्दै उनी हाकिम भएर आउने सुनेर नेपाल लाइफमा ब्राण्डिङ विभागमा रहेका अर्का कर्मचारीलेसेमत जागिर छाडिसकेका छन् ।

सोचेअनुसारको काम नभएको भन्दै शाक्यलाई हटाएर अर्को मान्छे ल्याउने तयारीमा कम्पनी लागिसकेको छ । कम्पनीले दुई जना व्यक्तिहरुसँग ब्राण्डिङ विभागको प्रमुख हुनेगरी काम गर्न भन्दै कुराकानीसमेत गरिरहेको छ । यद्यपी कम्पनीको छवि बिग्रँदो अवस्थामा रहेको भन्दै त्यहाँ काम गर्न बजारमा चलेका मान्छे अनिच्छुक देखिएका छन् ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्