काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुमन शर्माविरुद्धको अदालतको अवहेलनासम्बन्धि मुद्दा साउन २५ गते ‘हेर्न नमिल्ने’ मा परेको छ । न्यायाधीसद्वय शारङ्गा सुवेदी र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलाशमा पेशी परे पनि केस ‘हेर्न नमिल्ने’ मा परेको हो ।
अम्बिर बाबु गुरुङले प्रभु बैंकका सिइओ सुमन शर्मामाथि सर्वोच्च अदालतमा असार ३० गते अदालतको अवहेलनासम्बन्धि मुद्धा दर्ता गरेका थिए । अदालतले गरेको आदेश सिइओ शर्माले अटेर गरेपछि गुरुङ मुद्दा लिएर सर्वोच्च गएका थिए ।
मुद्दाको पहिलो पेशी ‘हेर्न नभ्याइने’ भन्दै सरेको थियो ।
सो मुद्दामा बैंकका सिइओ दोषी ठहर भए उनलाई कानुन बमोजिम नगद जरिवाना र जेल सजाय पनि हुन सक्ने र उनको पद पनि जाने भएकाले यो मुद्दालाई गम्भीर रुपमा हेरिएको छ ।


