कर्णाली डेभलपमेण्ट बैंकका तत्कालीन सिइओ शाहसहित तीन जना पक्राउ, संस्थागत उत्तरदायित्वबारे चर्चा !

काठमाडौँ। कर्णाली डेभलपमेण्ट बैंकका तत्कालीन सिइओ नीरजविक्रम शाहसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बैंकका तत्कालीन सिइओ नीरजविक्रम शाह, उनकी श्रीमती शुभेक्षा श्रेष्ठ र बैंकको नेपालगन्ज शाखाकी तत्कालीन शाखा प्रबन्धक दीपा थापा रहेकी छिन् ।

उनीहरूलाई शुक्रबार नेपालगन्जबाट बैंकिङ कसुर मुद्दामा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरूसँग बैंकिङ कारोबारका क्रममा भएको भनिएको अनियमितता, वित्तीय कारोबार तथा कागजातसँग सम्बन्धित विषयमा अनुसन्धान गर्नेछ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धानका क्रममा बैंकमा ३ अर्ब २० करोड रुपैयाँ भन्दा बढी रकम हिनामिना भएको निष्कर्ष निकालेको थियो  ।

यस घटनापछि बैंकिङ क्षेत्रको नियमन, वित्तीय सुशासन तथा संस्थागत उत्तरदायित्वबारे पुन: चर्चा सुरु भएको छ।

‘बचत फिर्ता देऊ’ भन्दै कर्णाली डेभलपमेन्ट बैंकका बचतकर्ताद्वारा प्रदर्शन, बेवास्ता गरेको आरोप !

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्