काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका अध्यक्ष र संचालकहरुलाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । सरकारी स्वामित्वमा पुगिसकेको सम्पत्ति लिलाम गरेको प्रकरणमा बैंकका संचालकहरुलाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको हो।
स्मार्ट सेलको सम्पत्ति गैरकानुनी रुपमा लिलाम गर्न स्वीकृति दिएको भन्दै बैंकका अध्यक्ष पृथ्वी बहादुर पाण्डेसहितका संचालकहरुविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।
तर, उनीहरूलाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।
बैंकका अध्यक्ष पाण्डे हाल अमेरिकामा छन् भने बाँकी संचालकहरु फरार छन् ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्षविरुद्ध पक्राउ पूर्जी जारी


