प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ। प्राइम कमर्सियल बैंकले संस्थापक सेयर बिक्री गर्न लागेको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयर बिक्री गर्न लागेको हो ।

बैंकमा कायम इच्छुक संस्थापक सेयरधनीले संस्थापक सेयर खरिद आजको ३५ दिन भित्र आवेदन दिन सक्नेछन् । बैंकले बिक्री गर्ने संस्थापकहरुको नाम, बिक्री मूल्यका सम्बन्धमा कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।

यस्तै बैंकले बिक्रीमा रहेको संस्थापक शेयरको संख्या पनि खुलाएको छैन । ३५ दिनभित्र कुनै निवेदन प्राप्त हुन नआएमा कानूनी व्यवस्थाअनुसार उक्त संस्थापक शेयरहरु खरिद गरी लगानी गर्न चाहने अन्य नयाँ व्यक्तिहरु बिक्री गर्ने जनाएको छ ।

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै