काठमाडौं । कुमारी बैंकका अध्यक्षका एकाघर भित्रकी सांसद विदुशी राणाले बैंकका प्रमुख कार्यकारी अधिकृत वा सञ्चालकलाई भविष्यमा अयोग्य ठहर गर्नेगरी कारबाही गर्न नहुने बताएकी छन् । सर्वोच्चले कुमारी बैंकअक सीइओ राम चन्द्र खनालसहितलाई ‘अयोग्य’ ठहर गर्नेगरीको फैसला गरेपछि प्रतिनिधि सभाको अर्थ समितिको आइतबार बसेको बैठकमा राणाले यस्तो बताएकी हुन् ।
सांसद राणाले सामान्य अनुशासनको कारबाही वा सचेत गराएकै आधारमा बैंकका सीईओ वा सञ्चालकलाई भविष्यमा समेत अयोग्य ठहर गर्ने गरी कारबाही हुने व्यवस्था राखिएमा बैंकिङ क्षेत्रमा नेतृत्व संकट उत्पन्न हुनसक्ने चेतावनी दिइन्। जवकि, सर्वोच्च अदालतले सोहि अनुसार हुने फैसला गरिसकेको छ ।
‘सामान्य प्राकृतिक कारबाहीमा राष्ट्र बैंकले सचेत गराउने मात्रै हो। लिखित चेतावनी अथवा जरिवाना गरेर तलब सुविधा रोक्का गर्ने, सञ्चालक वा प्रमुख कार्यकारी अधिकृत सीईओलाई भविष्यमा समेत अयोग्य ठहर्ने भनेपछि भोलि कोही पनि सीईओहरु चाहिँ काम गर्न नआउलान्।’ उनले भनिन् ।
संसदले आफ्नो स्वार्थ मात्र होइन, देशको स्वार्थ हेर्नुपर्छ । तर, कुमारी बैंक र बैंकका सीइओ राम चन्द्र खनाललाई जोगाउन सर्वोच्च अदालतकै फैसला गलत हुन सक्छ भन्ने आशय दिईनु, सहि लोकतन्त्र होइन कि।
कुमारी बैंकको १० मिलियन डलर विदेशी ऋणमाथि प्रश्न उठाउँदै युवराज सफल पुगे अख्तियार, के हो प्रकरण ?


