काठमाडौँ। नेपाल बैंकर्स संघले अर्थ समितिसमक्ष बैंकिङ प्रणालीप्रति अविश्वास फैलाउने र सर्वसाधारणलाई ‘ऋण नतिर्नु’ भन्दै उक्साउने अफवाह तथा अभियान नियन्त्रणका लागि सरकारबाट प्रभावकारी पहल गर्न आग्रह गरेको छ।
समितिमा आफ्ना सुझाव प्रस्तुत गर्दै संघले सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट ऋण नतिर्न प्रोत्साहन गर्ने गतिविधिले वित्तीय अनुशासन कमजोर बनाएको, नियमित रूपमा ऋण तिर्ने ऋणीसमेत अन्योलमा परेको र समग्र बैंकिङ प्रणालीको विश्वसनीयतामा असर परेको जनाएको हो ।
बैंकर्स संघले कानुन कार्यान्वयन गर्ने निकाय, नियामक र सरोकारवाला संस्थाबीच समन्वय बढाई यस्ता भ्रामक सूचना तथा अफवाह नियन्त्रण गर्न आवश्यक कदम चाल्न सरकारसँग आग्रह गरेको छ।


