काठमाडौँ। बाढीका कारण बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमा पनि ठूलो क्षति पुगेको पाइएको छ। नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले भोटेकोसी बाढीका कारण बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमा पनि ठूलो क्षति पुगेको जनाएका हुन्।
संघले बाढीको जानकारी पाएलगत्तै आकस्मिक बैठक बसेको थियो। हाल बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमा के कति क्षति भयो भन्ने यकिन विवरण भने प्राप्त नभएको नेपाल बैंकर्स संघले जनाएको छ।
संघले बैंकका कर्मचारीको उद्धारका लागि खटिन सरकारी निकायसँग आग्रह पनि गरेको छ।
भदौ १० रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढी चितवनको आसपास क्षेत्रमा आइपुगेको छ । यस्तै, बाढीको जोखिमलाई मध्यनजर गर्दै सडकमा सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिएको छ ।



