काठमाडौँ। राष्ट्रिय वाणिज्य बैंकले कर्मचारी माग गरेको छ। बैंकले वरिष्ठ सहायकदेखि वरिष्ठ प्रबन्धकसम्मका पदमा नयाँ कर्मचारी भर्ना प्रक्रिया सुरु गरेको हो।
बैंकले नवौं तहको वरिष्ठ प्रबन्धकमा १ जना, आठौं तहको प्रबन्धकमा २ जना, सातौं तहको उपप्रबन्धकमा ३ जना, छैटौं तहको सहायक प्रबन्धकमा ६८ जना र पाँचौं तहको वरिष्ठ सहायकमा ६८ जना नियुक्त गर्ने गरी कर्मचारी मागेको हो।
इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले असार १९ गतेदेखि साउन ७ गतेसम्म अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
यता दोब्बर दस्तुर तिरेर भने साउन १४ गतेसम्म आवेदन दिन सकिनेछ।


