PRABHU BANK

सेञ्चुरी कमर्सियल बैंकले ल्यायो ग्राहकका लागि नयाँ सुविधा, कार्डमार्फत अनलाईनबाट सामान किन्न सकिने

 Century Bank
  • बैंकिङ संसार
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकहरुको लागि नयाँ सुविधा ल्याएको छ । बैंकले ग्राहको लागि कार्डमार्फत अनलाईन सामान खरिद गर्न सकिने सुविधा ल्याएको हो । भारतको जेलियन्ट टेक्नोलोजीसंगको सहकार्यमा उक्त सेवा सञ्चालनमा ल्याएको  हो । यो सेवा थ्री डि सेक्योर नामबाट सुरु गरेको बैंकले जनाएको छ । उक्त सेवा प्रयोग गर्नको लागि पासवर्डको आवश्यक पर्नेछ । सो पासवर्ड बैंकले नै उपलब्ध गराउने भएको छ । 
बैंकका सेवाग्राहीहरुले भिसा डेबिट कार्ड, क्रेडिट कार्ड र ट्राभल कार्डबाट पैसा निकाल्न र सामान खरिद गर्न सक्नेछन्  । साथै विभिन्न अनलाइनका माध्यमबाट पनि सजिलै र सुरक्षित रूपमा सामान खरिद गर्न सकिने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै