काठमाडौँ। नेपाल इन्भेष्टमेण्टमेगा बैंकले जारी गरेको ‘नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर २०८२’ नामक ऋणपत्र परिपक्व हुने भएको छ। बैंकले जारी गरेको ‘नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर २०८२’ नामक ऋणपत्र आउँदो असार ३ गते परिपक्व हुने भएको हो।
७ वर्ष अवधिको प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका कुल २० लाख कित्ता १०.५ प्रतिशत ब्यजदर कायम गरिएको ऋणपत्र २०७६ असार ४ गते बाँडफाँट गरी २०७६ भदौ १६ गते नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) र बैंकबीच सूचीकरण सम्झौता सम्पन्न भएको थियो।
बैंकले ऋणपत्र परिपक्वतासँग सम्बन्धित सम्पूर्ण कार्यहरू सूचीकरण सम्झौता तथा प्रचलित नियामकीय व्यवस्था अनुसार सम्पन्न गरिने समेत जनाएको छ।


