काठमाडौँ। कृषि विकास बैंक लिमिटेडले नयाँ अध्यक्ष पाएको छ। बैंकको सञ्चालक समिति अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव टंकप्रसाद पाण्डेय नियुक्त भएका हुन् ।
सरकारले अघिल्लो कार्यकालमा राजनीतिक नियुक्ति पाएका पदाधिकारीहरूलाई पदमुक्त गर्ने वा मार्गप्रशस्त गर्न निर्देशन दिने नीति लिएसँगै सो पदमा पाण्डेय नियुक्त भएका हुन्।
यसअघि कृषि विकास बैंकका अध्यक्ष डिमप्रसाद पौडेलले सरकारको राजनीतिक परिवर्तन र निर्देशनात्मक नीतिका कारण आफ्नो पदबाट राजीनामा बुझाएका थिए।


