लक्ष्मी सनराइज बैंकमा काम गर्ने हो ?

काठमाडौँ। लक्ष्मी सनराइज बैंकले कर्मचारी मागेको छ। बैंकले लिगल अफिसर पदका लागि आवेदन आह्वान गरेको हो ।

बैंकले योग्य तथा इच्छुक उम्मेदवारबाट आवेदन माग गरेको हो।

बैंकले जारी गरेको सूचना अनुसार आवेदकले कानून विषयमा स्नातक तह (एलएलबी) उत्तीर्ण गरेको हुनुपर्नेछ। बैंकिङ वा सम्बन्धित क्षेत्रमा कम्तीमा ६ महिनाको अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइने बैंकले जनाएको छ।

उक्त पदमा नियुक्त हुने कर्मचारीले कर्जा सम्बन्धी कानुनी तथा धितो कागजातहरूको समीक्षा र प्रमाणीकरण गर्ने, कानुनी सम्झौता तथा सूचना तयार गर्ने, साथै विभिन्न व्यावसायिक इकाइहरूमा कानुनी अनुपालन सुनिश्चित गर्ने जिम्मेवारी सम्हाल्नुपर्नेछ।

त्यसैगरी, सम्बन्ध व्यवस्थापकहरूसँग समन्वय गर्ने, कागजात व्यवस्थापन गर्ने तथा कर्जा र धितोसँग सम्बन्धित विषयमा कानुनी राय प्रदान गर्ने कार्यसमेत जिम्मेवारीभित्र पर्ने बैंकले उल्लेख गरेको छ।

बैंकका अनुसार आन्तरिक लेखापरीक्षण, नियामकीय अनुपालन तथा प्रणालीभित्र कानुनी कागजातहरूको पूर्णता सुनिश्चित गर्न सहयोग गर्ने दायित्व पनि उक्त पदमा रहनेछ।

उम्मेदवारमा विश्लेषणात्मक क्षमता, नियामकीय संरचनाबारे ज्ञान, उच्च नैतिकता तथा प्रभावकारी सञ्चार सीप हुनुपर्ने बैंकले जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्