prabhu

कामना सेवा विकास बैंकले ग्राहकहरुलाई व्याजमा विशेष छुट दिने

 Kamana Sewa Bikas Bank
  • बैंकिङ संसार
काठमाडौँ । कामना सेवा विकास बैंकले ग्राहकहरुलाई व्याजमा विशेष छुट दिने भएको छ । बैंकले कोरोना महामारीको समयलाई मध्यनजर गर्दै विशेष राहत र सहुलियत दिने उद्देश्यका साथ व्याजमा विशेष छुट दिने भएको हो । 
यस योजना अन्तर्गत बैंकले यस्ता कर्जा लिएका ग्राहकले असार मसान्तसम्मको बक्यौता रकम २०७७ साल साउन मसान्तसम्म भुक्तानी गरेका ग्राहकलाई साउन महिनाको ब्याज रकममा ५० प्रतिशत छुट दिएको बैंकले जनाएको छ । बैंकले होटेल, रेष्टुरेष्ट व्यवसाय अन्तर्गत ग्राहकलाई साउन महिनाको ब्याजमा ७० प्रतिशतसम्म व्याज छुट दिइसकेको पनि जनाएको छ । 
यस समयावधि आफ्नो बक्यौता रकम भुक्तान गर्न नसकेका ऋणीलाई समेत यो योजनामा सहभागी गराउने उद्देश्य राखी त्यस्ता बाँकी ग्राहकले साउन महिनाको तिर्नुपर्ने रकम चुक्ता भुक्तान गरेमा समेत यो योजनाको लाभ उठाउन सक्ने बैंकले जनाएको छ ।
साथै व्यवसायिक प्रयोजनको लागि हायरपर्चेज कर्जा लिएका ग्राहकहरुले हालसम्मको सम्पूर्ण बक्यौता रकम भुक्तान गरेमा यस त्रैमासको व्याजदरमा भारी छुट प्रदान गरी व्याजदर ९.९९ प्रतिशत कायम गरिने योजना ल्याएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताएका छन् । 

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै