नक्कली नोट छाप्ने प्रिन्टर र कम्प्युटरसहित दुई जना पक्राउ

काठमाडौँ। नक्कली नोट छाप्ने प्रिन्टर र कम्प्युटरसहित दुई जना पक्राउ परेका छन्।रुपन्देहीमा नक्कली नोट छाप्ने प्रिन्टर र कम्प्युटरसहित दुई जना पक्राउ परेका हुन् ।

प्रहरीले भारत उत्तरप्रदेश सिद्धार्थनगरगढका ३८ वर्षीय अब्दुल हमिद र लुम्बिनी सांस्कृतिक नगरपालिका ११, मसिना बस्ने २२ वर्षीय बिक्की भनिने अनिल पासीलाई पक्राउ गरेको हो।

लुम्बिनी सांस्कृतिक नगरपालिका क्षेत्रमा नक्कली नोटको कारोबार भइरहेको सूचनाका आधारमा खटिएको इलाका प्रहरी कार्यालय लुम्बिनीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूको साथबाट प्रिन्टर र कम्प्युटरसिहत नक्कली नेपाली ५०० रुपैयाँ दरका ३० थान, एक सय, पाँच सय र एक हजार दरको प्रिन्ट भई कटिङ नगरेको अवस्थामा रहेका नोट ७ थान, प्रिन्ट पेपर रिम ४, मोबाइल थान २ र कैँची एक थान बरामद गरिएको प्रहरीले जनाएको छ।

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै