ग्लोबल आईएमई केसमा बोल्यो वित्तीय संस्था कर्मचारी संघ, ‘कर्मचारीको स्वास्थ्य र जीवनभन्दा बढी व्यावसायिक नाफालाई महत्व दिने काम भयो’

काठमाडौँ । ग्लोबल आईएमइ बैंकका कर्मचारीले बैंकले दिएको प्रेसरका कारण आत्महत्या गरेको विषयलाई लिएर वित्तीय संस्था कर्मचारी संघले आफ्नो ध्यानाकर्षण भएको बताएको छ । एक विज्ञप्ति जारी गर्दै संघले यो विषयमा चिन्ता व्यक्त गरेको हो ।

केहि दिन अघि मात्र ग्लोबल आईएमई बैंकका कर्मचारी पिताम्बर खड्काले बैंकका सिनियर हाकिमहरुको फोटो राखेर तिमीहरुले मलाई मार्यौ भन्दै स्ट्याटस लेखी देहत्याग गरेका थिए ।

खड्काको निधनप्रति श्रद्धाञ्जली दिँदै संघले सो घटनाले समग्र बैंकिङ तथा वित्तीय क्षेत्रलाई स्तब्ध बनाएको स्मरण गराएको छ भने बैंक तथा वित्तीय संस्थमा कार्यरत कर्मचारीले भोग्नु परेको चरम दबाबसँगै यसले निम्त्याएको अप्रत्याशित घटना र पर्न सक्ने प्रभावबारे समेत संघले सम्बन्धि सबैको ध्यानाकर्षण गराएको छ।

त्यतिमात्र नभई संघले बैंक तथा वित्तीय संस्थाहरूले कर्मचारीको स्वास्थ्य र जीवनभन्दा बढी व्यावसायिक नाफालाई महत्व दिने गरेको भन्दै गम्भीर चिन्ता व्यक्त गर्दै ध्यानाकर्षण गराएको हो।

 

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै