ग्लोबल आईएमईका कर्मचारीको सुसाइड प्रकरण : एचआर हेड अनामिकासहित सिनियरमाथि अनुसन्धान हुने, सिइओ विदेशमा

काठमाडौँ । ग्लोबल आईएमई बैंकका मेनेजर पिताम्बर खड्काले सिलिङ्गमा पासो लगाई झुण्डीएर आत्महत्या गरेका छन् । बैंकका सीइओ सुरेन्द्र राज रेग्मी, बैंककी एचआर प्रमुख अनामिका सिंह, बैंकका डेपुटी सीइओ सुमन पोखरेल र दीप चन्द्र रेग्मीको नाम उल्लेख गरेर, ‘तिमीहरु हरामखोरले मलाई मार्यौ’ लेखेर खड्काले आत्महत्या गरेका हुन् ।
इलाका प्रहरी कार्यालय दमकका अनुसार फेसबुकमा आफ्ना सिनियरहरुको फोटो राखेर उनले आफ्नो मृत्युको कारण बैंकका सीइओ र एचआर प्रमुखसहित ४ जना भएको प्रष्ट संकेत गर्दै आफ्नै घरमा आत्महत्या गरेका हुन् । फेसबुकमा स्ट्याटस लेखिसकेपछि खड्काले घरको भुइँतल्लामा गई प्लास्टिकको पासो लगाएर प्राण त्यागेका थिए।
छोरा मृत अवस्थामा फेला परेपछि खड्काका बाबु महेश खड्काले प्रहरीलाई खबर गरेको थियो । त्यसपछि प्रहरीको टोली घटनास्थलमा गई मुचुल्का तयार गरेको थियो । प्रहरी निरीक्षक नविन राईको नेतृत्वमा पुगेको टोलीले घटनाको सबै विवरण लिएर मुचुल्का उठाई अनुसन्धान अघि बढाएको थियो । सो क्रममा प्रहरीले परिवारसँग प्रारम्भिक सोधपुछ समेत गरेको थियो ।
लगत्तै खड्काको शब् पोष्टमार्टमका लागि दमक अस्पताल पुर्याइएको थियो । पोष्ट मार्टम रिपोर्टले उनले आत्महत्या गरेको पुष्टी गरेको छ । वडा नम्बर ८ का वडाअध्यक्ष धर्मप्रसाद दाहालका अनुसार खड्का ग्लोबल आईएमई बैंकका कर्मचारी थिए । पछिल्लो समय बैंकले उनलाई बैंकबाट राजिनामा दिन प्रेसर दिएको र खड्काले आत्महत्या गरेकै दिन उनको राजिनामा स्वीकृत भएको बताइएको छ ।
घटना भएको दिन बैंकका सीइओ सुरेन्द्र राज रेग्मी भने देशमै नरहेको पाइएको छ । उनी हाल जर्मनमा रहेको बैंकका अन्य अधिकारीले जानकारी दिए । घटनालगत्तै अनामिका सिंह भने अरुसँग सम्पर्कविहीन भएको र बैंकका सीइओ, डेपुटी सीइओ र लिगल टिमसँग मात्र सम्पर्कमा रहेको बताइएको छ । उनले अत्याधिक प्रेसर दिएकै कारण खड्काले मृत्युको बाटो रोजेको संकेत फेसबुक स्ट्याटसले गरेपछि सिंहले कानुनी परामर्श सुरु गरेकी हुन् । प्रहरीले सीइओसहितको टोलीलाई आत्महत्या दुरुत्साहनको मुद्धामा अनुसन्धान गरी मुद्धा चलाउन सक्छ ।
बैंकको सिनियर व्यवस्थापन टोलीलाई नै आत्महत्या दुरुत्साहनको मुद्धा लाग्ने देखेपछि बैंकको लिगल टिम दमकसमेत जाने भएको छ ।

सीइओसहितको फोटोसहित स्ट्याटस लेखेर ग्लोबल आईएमई बैंकका कर्मचारीले गरे आत्महत्या !

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै