सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ। सिटिजन्स बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ।  बैंकले १ लाख ८६ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।

बैंकको संस्थापक समूहको १ लाख ८६ ५६५.१३ कित्ता सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा प्रचलित कानुनबमोजिम योग्य सर्वसाधारण तथा संस्थाले खरिदका लागि निवेदन दिन सक्नेछन्।

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। सेयर खरिदका लागि निवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी कबोल गर्नुपर्नेछ। सेयर खरिदका लागि निवेदन ३५ दिनको समय दिइएको छ।

यो अवधिभित्र निवेदन काठमाडौंको नारायणहिटी पथस्थित बैंकको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै