काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कृषि बिकास बैंक लिमिटेडका विवादित अध्यक्ष डिम प्रकाश पौडेललाई हटाउने भएको छ । एमालेको नेता बनेकै कारण सो पदमा नियुक्त भएका उनलाई हटाउने तयारी रास्वपाले गरको हो । रास्वपाले उनीसँगै अन्य राजनीतिक नियुक्ति पनि खारेज गर्ने तयारी गरेको छ ।
रास्वपाका नेताका अनुसार पौडेलले राजिनामा नदिए उनलाई हटाउने तयारी हुनेछ ।
पौडेलसँगै रास्वपाले राष्ट्रिय बाणिज्य बैंकका संचालक हरि सिलवाल, अध्यक्ष देवकुमार ढकाल लगायतलाई पनि हटाउने तयारी गरेको छ । ढकाल आफ्नै सहकर्मी माथि दुर्व्यवहार गरेको अभियोगमा दोषी प्रमाणित व्यक्ति हुन् भने सिलवाल एमाले नेता विष्णु पौडेलको पावर लगाएर गैरकानुनी रुपमा नियुक्ति लिने व्यक्ति हुन् । महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रको सञ्चालक भएकै कारण उनलाई छुटसमेत हुन सक्ने विश्लेषण भईरहेको छ । तर रास्वपाका नेताहरु भने रास्वपाकै मान्छे भए पनि गलत रुपमा आएकाहरुले पद छोड्नु पर्ने बताउँछन् ।


