काठमाडौँ। नेपाल राष्ट्र बैंकले वित्तीय कारोबार गर्दा बुझेर मात्र हस्ताक्षर गर्न सचेत गराएको छ। रास्ट्र बैंकले एक वित्तीय चेतनाका लागि सूचना गर्दै यस्तो आग्रह गरेको हो।
राष्ट्र बैंकले सूचनामा भनेको छ, ‘जुनसुकै वित्तीय कारोबार गर्दा वित्तीय सेवा प्रदायक र ग्राहक दुवै पक्ष निश्चित सर्तमा बाँधिएका हुन्छन्। सर्तहरुको पूर्ण पालना गर्नु दुबै पक्षको कानुनी दायित्व हो, त्यसैले भोलि पछुताउनुभन्दा हस्ताक्षर गर्नुअघि कागजमा लेखिएका सर्तहरु नुबझेसम्म प्रश्न सोध्ने गरौँ।’



