काठमाडौँ। कृषि विकास बैंकले कर्मचारी माग गरेको छ। बैंकले एक सूचना जारी गर्दै २४२ जना कर्मचारी माग गरेको हो ।
बैंकले जारी गरेको सूचनाअनुसार शाखा प्रमुख, व्यवसाय अधिकृत र लेखापाल लगायतका पदमा ४, ६ र ८ तहको कर्मचारी माग गरेको हो। इच्छुक नेपाली नागरिकले फागुन २१ गतेसम्म र दोब्बर दस्तुर तिरेर फागुन २८ गतेसम्म आवेदन दिन सक्नेछन्।
उमेर हद ४ पदको लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको, ६ तहको लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र ८ तहको लागि २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनु पर्नेछ।



