काठमाडौँ। नेपाल एसबिआई बैंक लुट्ने मुख्य योजनाकार बैंक कै घरभेटी रहेको खुलासा भएको छ। नेपाल एसबिआई बैंक लुट प्रकरणमा पक्राउ परेका लुटेराहरुले ‘घरभेटीकै योजनामा बैंक लुटेको’ भनेपछि बैंक लुट्ने मुख्य योजनाकार बैंक कै घरभेटी रहेको खुलासा भएको हो।
बैंक लुट्ने मुख्य योजनाकार साला भेना रहेको पाइएको हो। बैंक बसेको घरका घरभेटी छविलाल स्याङतान पक्राउ परेका छन् । बैंक लुट्न खोज्ने सबै लुटेराहरु जेनजी समूहका थिए। घरबेटी र घरबेटीको साला मिलेर बैंक लुट्ने योजना मिलाएको पाइएको छ।
आइतबार साँझ करिब ७ बजे बैंकमा प्रवेश गरेका लुटेराहरूले सुरक्षामा खटिएका गार्डमाथि धारिलो हतियार प्रहार गरी उनको हात काटिदिएका थिए। त्यसपछि बैंकका कर्मचारीहरूलाई नियन्त्रणमा लिई बाँधेर नगद रकम लुटपाट भएको थियो। यो हेर्नुहोस्:
नेपाल एसबिआई बैंक लुट्ने लुटेराहरु जेनजी रहेको खुलासा, पैसा जंगलमा जताततै छरिएको अवस्थामा भेटियो !


